Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना सार्वजनिक

    खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जना सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । महानगरिय अपराध महाशाखाले खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका १५ भगवानपाउ बस्ने बच्चुराम गुरुङलाई हातहतियार देखाएर आँखामा खुर्सानीको धुलो छर्किएर ५० लाख रुपैयाँ लुटपाट गर्ने ६ जनालाई महाशाखाले सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरुमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङका बेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर नगरपालिका ६ का नकुर तामाङ, रसुवा आमा छोदिङ्मो गाउँपालिकाका दावा छिरिङ तामाङ, रामेछाप मन्थलीका कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगयाका तेन्जिङबहादुर तामाङ र सञ्जित वाइवा रहेका छन् ।



    काभ्रेस्थलीको शान्तिधाम जाने सडकमा गुरुङलाई भीमबहादुरले मेरो बाजेसँग बल्ने ढुंगा छ भनी ५० लाख रुपैयाँ मागेको र पछि खुकुरी र फलामको लठ्ठी देखाएर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेको महाशाखाले जनाएको छ ।



    उनीहरुले लुटेको रकम बाँडेर बाँडेर लिएको र मोटरसाइकल, सुनका गहना, मोवाइल लगायतका सामान किनेको प्रहरी अनुसन्धानबाट खुलेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। । महाशाखाको टोलीले लुटिएको ५० लाखमध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ बरामद गरेको पनि एसएसपी थापाले वताए। ।

    अनुसन्धानमा खुल्न आएका कुराहरु ( बरामद रकम बाहेक)
    १) संजित वाईवाले डाँका गरी पाएको रु ५,००,०००।– (पाँच लाख) मध्ये रु २,११,०००।– सानिमा बिकास बैंकमा जम्मा गरेको, पबित्र सुनचाँदी पसलबाट रु ७७,०००।– को सुनको औठी बनाएको, Oppo मोबाईल रु १९,०००।– मा खरिद गरेको, घर बनाएको ऋण तिर्न रु १,००,०००।– दिदिलाई दिई पठाएको ।
    २) बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरले डाँका गरी पाएको रु ७,००,०००।– मध्ये लु ५९ प २१३५ नं को २२० सि.सि. को पल्सर मोटरसाईकल रु ३,३०,०००।– मा किनेको, नगरकोटमा एकरात बसी होटेलमा खर्च गरेको ।
    ३) दावा छिरिङ तामाङले डाँका गरी पाएको नगद रु ५,००,०००।– को मध्ये रु १,५०,०००।– सापट लिएको ऋण तिरेको ।
    ४) कुमार बहादुर बुढाथोकीले डाँका गरी पाएको रु ४,५०,०००।– मध्ये रु ७५,०००।– को घरभाडा तिरेको, रु १,२५,०००।– ठेकेदारको ऋण तिरेको ।
    ५) नकुर तामाङले डाँका गरी पाएको रु ५,००,०००।– मध्ये रु ३०,०००।– फाईनान्सको किस्ता तिरेको, अन्य बाँकी नगद खाई मासेको ।

    काठमाण्डौ उपत्यका भित्र अलौकिक चिजबस्तुहरु जस्तै बल्ने ढुङा, बनझाक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्त्विक सामान लगायतका चिजबस्तुहरु आफुसंग छ भनि खरिदका लागी एकान्तमा बोलाई समुह मिली लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको ।

    बरामद सामानहरु:-

    १.संजित वाईवाको साथबाट नगद रु रु २३,५००।– बरामद हुन आएको ।

    २. तेन्जिङ बहादुर तामाङको साथबाट नगद रु ५,८०,०००।– बरामद हुन आएको ।

    ३. बेद बहादुर भन्ने भिम बहादुर घर्ती मगरको साथबाट नगद रु ३,०५,०००।– बरामद हुन आएको ।

    ४. नकुर तामाङको साथबाट नगद रु ४,३१,०००।– बरामद हुन आएको ।

    ५. कुमार बहादुर बुढाथोकीको साथबाट नगद रु २,०५,०००।– बरामद हुन आएको ।

    ६. दावा छिरिङ तामाङको साथबाट नगद रु ३,३१,०००।– बरामद हुन आएको ।

    कुल बरामद नगद रु १८,७५,५००।– ( अठाह्र लाख पचहत्तर हजार पाँच सय मात्र)

    ७. डाँका गरी पाएको पैसाबाट किनेकोमोटरसाईकल थान १ ।

    ८. डाँका घटनामा प्रयोग भएको मोटरसाईकल थान ३ ।

    ९. डाँका गरी पाएको पैसाबाट किनेकोसुनको औठी थान १ ।

    १०. बिभिन्न कम्पनीको मोबाईलहरु थान

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार