Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • शपथ लिदै सभामुख सापकोटा , स‌ंसदीय आदर्श कायम गर्ने प्रतिवद्धता

    शपथ लिदै सभामुख सापकोटा , स‌ंसदीय आदर्श कायम गर्ने प्रतिवद्धता

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं – प्रतिनिधिसभाको बाकी कार्यकालको लागि नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिदै छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ११ बजे शितल निवासमा सपथ लिने कार्यक्रम रहेको छ ।

    सपथ ग्रहणलगत्तै सभामुख सापकोटाले सिंहदरबारस्थित संसद सचिवालयमा पुगी आफ्नो कार्यभार सम्हाल्ने कार्यक्रमरहेको छ । भोलीदेखि प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाले नै संचालन गर्नेछन् । सत्तारुढ नेकपाले निकै लामो आन्तरिक रस्साकस्सीपछि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
    नवनिर्वाचित सभामुख सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्त-चित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार