Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • आज रातीबाट शुक्रबारसम्म फेरि देशभर वर्षा र हिमपात

    आज रातीबाट शुक्रबारसम्म फेरि देशभर वर्षा र हिमपात

    अनलाइन नेपाल
  • बिहिबार, २ माघ २०७६
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिबाट पुनः मौसममाम बदलाब आउने जनाएको छ । दुई दिन अघि राम्रोसँग घाम लागेर केही तातोको महसुस गरिए पनि अब आज रातिबाट शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको महाशाखाको भनाई छ ।



    नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।



    यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ । शनिबारबाट भने मौसम सुधारिने विभागले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार