Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • ४ जिल्लाका सीडीओ फेरिए

    ४ जिल्लाका सीडीओ फेरिए

    अनलाइन नेपाल
  • सोमबार, २८ पुष २०७६
  • 4.4K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ ।

    आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै गृहले ४ जिल्लाका सीडीओ र कारागार व्यवस्थापन विभागका निर्देशक र प्रमुख अध्यागमन अधिकृतको सरुवा गरेको हो ।



    गृह मन्त्रालयका अनुसार, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई कारागार व्यवस्थापन विभागमा तानेर उनको स्थानमा सहसचिव वासुदेव घिमिरेलाई पठाइएको छ ।



    त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत दीर्घनारायण पौडेललाई गृहले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीको भूमिका दिएको छ भने उनको स्थानमा जिल्ला प्रशासन कार्यालय, रौतहटको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका किरण थापालाई ल्याइएको छ ।

    गृहमा कार्यरत उपसचिव रमा आचार्यले सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी बनेकी छन् भने त्यहाँ कार्यरत वेदनिधि खनाललाई सहायक सीडीओ बनाएर रूपन्देही सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार