Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्ष दलको आपत्ति

    प्रतिनिधिसभा बैठक स्थगित गरेकोप्रति प्रतिपक्ष दलको आपत्ति

    अनलाइन नेपाल
  • सोमबार, २८ पुष २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक स्थगित गरेकोप्रति आपत्ति जनाएको छ ।

    सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाएको भन्दै कांग्रेसले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभाको बैठक रोकिनु सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहार भएको पनि आरोप लगाएको छ ।



    प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ ।



    तर, ३ महिनादेखि रिक्त पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’‘

    कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै तत्काल निकास दिन सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीलाई सचेत गराएको छ ।

    नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने पक्षमा सहमति नजुट्दा आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि माघ ६ गतेसम्मका लागि स्थगित गरिउको छ ।

    यस अघि पुस ४ गते सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशन एउटा बैठक बसेपछि पटक पटक स्थगित भएको छ ।

    अबको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने भएकाले नेकपाले अहिले पार्टीभित्र सहमति जुटाउन लागिपरेको छ ।

    जसका लागि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख डा. शिममाया तुम्बाहाङ्फेलाई राजिनामा दिन आग्रह गरेका थिए । आज पनि यसै विषयमा अध्यक्षद्धय र उपसभामुखबीच छलफल भएको थियो ।

    तर, उपसभामुखले सभामुख बनाउने निर्णय नगरेसम्म राजिनामा नदिने बरु सके आफूलाई हटाएर देखाउन चुनौती दिएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । जसको प्रत्यक्ष असर संसदमा परेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार