Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पीपीएलको उपाधी चितवन राइनोजलाई

    पीपीएलको उपाधी चितवन राइनोजलाई

    अनलाइन नेपाल
  • बिहिबार, २४ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं। विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले हात परेको छ । विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

    चितवनले दिएको २०३ रनको विजय लक्ष्य विराटनगरले भेट्न सकेनन् विराटनगरले पुरै २० ओभर खेल्दा सात विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।



    चितवनले दिएको २०३ रनको विशाल लक्ष पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र जोडेका थिए । विराटनगरले सुरुवाती चरणमा नै बलियो प्रस्तुत गर्न सकेका थिएन । विराटनगरका लागि ओपनर सुनिल धमला मात्र ४ रन र लोकेश बम एक रनमा नै पेविलियन फर्केका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नुमान खान र मोहम्मद दैज आलमले ५३ रनको साझेदारी गरेका थिए ।



    भने, खान पनि १८ रनमा आउट भए । त्यसपछि कप्तान प्रदीप ऐरीले पनि आक्रामक पारी खेल्दै ४१ रनको साझेदारी गरे । आलम ५७ रनमा आउट भए । ४८ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्का हाने । छैटौँ नम्बरमा आएका पुनीत मेहरा र प्रदीप क्रिजमा रहँदासम्म विराटनगरको जितको आस कायमै थियो । दुवैले ठुलो सर्ट खेलिरहेका थिए ।

    कप्तान ऐरीसँग ४७ रनको साझेदारी गरेका मेहरा १८ औँ ओभरका पाँचौँ बलमा आउट भएपछि भने चितवनको जित निश्चित बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार