Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • देउवामाथि दबाब सृजना गर्न सभापतिहरुको भेला

    देउवामाथि दबाब सृजना गर्न सभापतिहरुको भेला

    अनलाइन नेपाल
  • बुधबार, २३ पुष २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले आफू सुहाउँदो निर्णय गरेको भन्दै संस्थापनइतर समूहले आज असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आयोजना गरेको छ ।

    पार्टी मुख्यालय वीपीनगर सानेपामा भेला आयोजना भएको हो । कांग्रेस केन्द्रीय समितिको ११ पुसको बैठकले बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या दोब्बर बनाउनेलगायतका निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेर छलफल गर्न लागेको हो । भेलामा ४५ भन्दा बढि जिल्ला सभापतिहरु सहभागी भएको बताइएको छ ।



    ११ पुसको केन्द्रीय समिति बैठकका निर्णय सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा रामशरण महतलगायतको असन्तुष्टिबीच सभापति देउवाले केन्द्रीय समिति बैठक डाकेर १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनुका साथै विभाग गठन गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    नेतृत्वसँग कुरा नमिलेपछि संस्थापनइतर पक्षले केन्द्रीय समितिको बैठक नै बहिस्कार गरेको थियो ।

    दुई दिनसम्म चल्ने भेलामा संस्थापन इतरका सबै जिल्ला सभापतिहरु सहभागी हुने बताइएको छ । पहिलो दिन जिल्ला सभापतिहरुले आफ्नो भनाइ राख्ने र दोस्रो दिन पार्टी नेतृत्वलाई दिने सुझावबारे छलफल हुने एक जिल्ला सभापतिले बताए ।

    सहमतिको प्रयासमा संस्थापन र पौडेल पक्षबीच पटक–पटक वार्ता भए पनि नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन् ।

    जिल्ला सभापतिहरुको राय अनुसार अगाडि बढिने नेताहरुले बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार