Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • बिप्लब समूहका नुवाकोट सेक्रेटरी पक्राउ

    बिप्लब समूहका नुवाकोट सेक्रेटरी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ पुष २०७६
  • 2.9K
    SHARES

    फाइल तस्वीर

    बेत्रावती । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । सिलवाललाई काठमाडौंबाट पक्राउ गरिएको हो। ।

    सिलवाललाई‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अनुसन्धान थालिएको छ ।



    नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार