Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • बालाजु औद्योगिक क्षेत्रमा अध्यक्ष बस्नेतको आतंक, महाप्रबन्धकको कार्यक्षमा ताला लगाए

    बालाजु औद्योगिक क्षेत्रमा अध्यक्ष बस्नेतको आतंक, महाप्रबन्धकको कार्यक्षमा ताला लगाए

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 3.1K
    SHARES

    काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुका अध्यक्ष नन्दकिशोर बस्नेतले कार्यालयमा आतंक मच्चाएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाको कार्यकक्षमा तालाबन्दी गरेपछि क्षेत्रमा आइतबार दिनभर तनाव भएको छ ।

    बस्नेतले प्रहरी समेत लिएर गैर महाप्रबन्धक सिटौलाको कार्याकक्षमा तालाबन्दी गरेका छन् । ताला खोल्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले निर्देशन दिँदा समेत उनले अस्विकार गरेका छन् ।



    सर्वोच्च अदालतको आदेशका आधारमा अर्थमन्त्रालयको सिफारिसमा महाप्रबन्धक नियुक्त भएका सिटौलालाई बस्नेतले अधिकारको दुरुपयोग गर्दै बर्खास्तीको पत्र थमाएका थिए ।



    सर्वोच्च अदालतले २०७४ असार २५ गते सिटौलालाई चार वर्षे कार्यकालको लागि नियुक्त गर्न विपक्षीको नाममा परमादेश आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार मन्त्रिपरिषद्को २०७५ माघ २५ को बैठकले सिटौलालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सिटौलाले महाप्रवन्धकको हैसियतमा काम गर्न थालेपछि २०७६ असोज २७ गते धन्यवाद ज्ञापन गर्दै उनलाई बस्नेतले अवकाशको पत्र दिएका हुन् । सिटौलाले महाप्रबन्धक सम्हाल्नु अघि बस्नेतले नै सम्हाल्दै आएका थिए । अध्यक्ष र महाप्रबन्धक दुवै रहँदा करोडौंको अनियमितता गरेको आरोप उनीमाथि छ । बस्नेतले नियमावली संशोधन गरी आफू सञ्चालक रहेको पेट्रोल पम्पलाई सेवा मुलक उद्योगको भाडादर संशोधन गरी उत्पादनमूलक न्यून भाडादर कायम गरेका थिए ।

    उनले महाप्रवन्धक पदको दुरुपयोग गरी औद्योगिक क्षेत्रका विभिन्न ग्रिन बेल्टहरुमा स्वार्थ बाझिनेगरी प्रेट्रोल पम्प प्रवद्र्धन गर्न लागि परेका छन् । धरान, हेटौंडा र बालाजु औद्योगिक क्षेत्रमा त प्रेट्रोल पम्प स्थापना नै गरिसकेका छन् ।

    बस्नेत अध्यक्ष बनेपछि औद्योगिक क्षेत्रका जग्गा सुपरमार्केटदेखि गाडीका शोरुमले ओगटेर बसेका छन् । प्रति रोपनी लाखौं रुपैयाँ घुस लिएर बालाजुदेखि पाटन र हेटौडा औद्योगिक क्षेत्रका जग्गा लिजमा दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि छानविन गरिरहेको छ ।

    प्रेट्रोल पम्पको लाइसेन्स नै भएको सत्यनारायण प्रालिलाई बालाजुको तीन रोपनी जग्गा बस्नेतले नै पम्प सञ्चालनका लागि उपलब्ध गराएका थिए । सत्यनारायणमा अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्नेतका छोरा कमल बस्नेतको समेत लगानी रहेको हुँदा अख्तियारले अहिलेसम्म पनि कम्पनीमाथि छानविन गर्न सकेको छैन ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा सञ्चालक समितिका अध्यक्षको दोस्रो कार्यकालका लागि नियुक्ति पाउँदा तालुकदार उद्योग मन्त्रालयलाई समेत वाइपास गरी बस्नेतले नियुक्ति लिएका थिए ।

    कर्मचारी सरुवा, बढुवा तथा निर्देशन दिने लगायत कार्यकारी अधिकार औद्योगिक क्षेत्रका महाप्रबन्धक सुवास सिटौलामा निहित छ । तर बस्नेतले भने कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।

    महाप्रबन्धक सुवास सिटौलाले गरेको सरुवा तथा बढुवालाई बदर गर्ने र सरुवाहरु ‘यथावत’ स्थानमा राख्न उनले निर्देशन दिएको पत्र फेला परेको छ ।

    आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएको लगाइएको विषयमा बालाजु औद्योगिक क्षेत्रका महाप्रबन्धक सुवास सिटौलालाई सम्पर्क गर्दा उनले आफ्नो कार्यकक्षमा तालाबन्दी भएको स्विकार गरे ।

    ‘मेरो कार्यकक्षमा तालाबन्दी भएको छ । मैले यस विषयमा मन्त्री ज्युलाई पनि जानकारी गराएको छु । मन्त्री ज्युले तपाईं गएर काम गर्नुस् हामी निकास निकाल्छौँ भन्नु भएको छ । तर मलाई कार्यालयमा छिर्न दिइएन,’ सिटौलाले भने,‘मलाई महाप्रबन्धकबाट हटाएपछि म सर्वोच्च अदालतमा मुद्दा गर्न गएको बेला उसले आफैले महाप्रबन्धक चलाएको थियो । अहिले फेरी लुटेर खान पाइएन भनेर मेरो कार्यालयमा ताला लगाइएको हो ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार