Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कश्मीर भिडन्तमा नेपाली सैनिकको मृत्यु

    कश्मीर भिडन्तमा नेपाली सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं।  जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको भिडन्तमा भारतीय सेनामा कार्यरत  नेपाली युवा अर्जुन थापा मगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु छ ।

    भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दका अनुसार २५ वर्षीय अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय सावन्त नायक पदमा कार्यरत थिए  । अर्जुनको घर गोरखाको रिप गाउँ भएको पनि भारतीय सेनाले जानकारी दिएको छ ।



    ठूलो परिमाणमा हातहतियारसहितका आतंकवादीसँगको आक्रमणमा दुवै जनाले ज्यान गुमाएको जनसम्पर्क अधिकृत आनन्दले जनाएका छन् । उनले दुवै जना साहसी र बहादुर भएको पनि बताए । सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । एजेन्सी



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार