Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • पेटभित्र हालेर ल्याइएको हिरासहित दुई भारतीय नागरिक एयरपोर्टमा पक्राउ

    पेटभित्र हालेर ल्याइएको हिरासहित दुई भारतीय नागरिक एयरपोर्टमा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अवैध तस्करी दिन प्रतिदिन बढिरहेको छ । प्रायः दैनिक जसो भारतीय नागरिकहरु अवैध सुनसहित पक्राउ परिरहेका छन् ।

    आज पनि एयरपोर्टमा अवैध हिरा र सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परे । मलेसियाबाट आएका भारतीय नागरिक महोम्मद माहिन साथलि र सारजाबाट आएका कोट्ककुथ नौसाद पक्राउ परेका हुन् ।



    भन्सार एरिया पास गरेर बाहिरिएका साथलिमाथि काठमाडौं मेडिकल कलेज पुर्याएर चेकजाँच गर्दा उनको पेटमा २०० ग्राम हिरा भेटिएको महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।



    विशेष सूचनाको आधारमा महाशाखा र विमानस्थलको प्रहरी टोलीले संयुक्त रुपमा साथलीमाथि अनुसन्धान गरेको थियो ।

    त्यस्तै सारजाबाट आएका नौसादको साथबाट ५०० ग्राम सुन बरामद भएको एसएसपी थापाले बताए ।

    यसअघि विहिबार भारतीय नागरिकहरु नविन गोपी चन्द र भरत सुरेशलाल २ किलो सुन सहित पक्राउ परेका थिए । त्यस्तै १५ गते मंगलबार पनि आधा किलो सुनसहित भारतीय नागरिक हरिराम नेपाली पक्राउ परेका थिए ।

    उनीहरु तीनै जनाले मलद्धारमा सुन लुकाएर ल्याएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार