Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अमेरिका–इरान युद्धको असर नेपालमा, सुनको मूल्यमा नयाँ रेकर्ड

    अमेरिका–इरान युद्धको असर नेपालमा, सुनको मूल्यमा नयाँ रेकर्ड

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । यसअघि सबैभँदा बढि ७४ हजार ५ सय रहेकोमा आज ७५ हजार ५ सय पुगेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ



    गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो ।



    इरान र अमेरिकाबीच बढ्दो तनावको असर नेपाली सुन बजारमा देखिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

    दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्नेदर बढेकाले सुन चाँदीको मू्ल्यमा असर परेको महासंघको भनाई छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार