Online Nepal
  • बुधबार, १० पुष २०८१
  • देउवाले कांग्रेस सिध्याउन लागेको सुजाताको आरोप

    देउवाले कांग्रेस सिध्याउन लागेको सुजाताको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    बुटवल । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टी नै तहस नहस भएको भन्दै आपत्ति जनाएकी छन् ।

    अब पनि पार्टी भित्रको आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने भन्दै उनले यदि पार्टीभित्र गुट उपगुट अन्त्य गर्न सभापति सक्रिय हुनुपर्ने बताइन् ।



    देउवाले फेरि पनि पार्टी सभापति बन्ने लोभ देखाउँदा पार्टी समाप्त गर्न खोजेको भन्दै नेतृ कोइरालाले आपत्ति जनाएकी हुन् ।



    प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ कोइरालाले भनिन्–‘पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन । ‘आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।’

    उनले भनिन्य–‘यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ । तर, कांग्रेसलाई भोट हाल्दा अन्य कार्यकर्ताको हात काँप्ने स्थिति नआओस् ।’

    कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनको भनार्इ छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार