Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कृषि विकास बैंक ह्याकिङ प्रकरणका नाइके पक्राउ

    कृषि विकास बैंक ह्याकिङ प्रकरणका नाइके पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २१ पुष २०७६
  • 2K
    SHARES

    काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम लुट्न खोज्ने समूहका नाइके दीपक नेपाललाई पक्राउ गरेको छ ।

    महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार नाइजेरियन र भारतीय नागरिकसँग लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका नेपाललाई महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।



    नेपालका विभिन्न वित्तीय संस्थाबाट ५ अर्ब नेपाली रुपैयाँ लुट्ने योजना बनाएको नेपालको समूहले सिस्टम ह्याक गरी त्यसबेला कृषि विकास बैंकको करोडौं रकम लुटेका थिए ।



    ह्याकिङ गरि लुटेको एक करोड रकमसहित मुख्य योजनाकार नेपाल फरार थिए ।

    मोरङको रंगेली नगरपालिका–२ का ४३ वर्षीय नेपाललाई पक्राउ गरी पुस १८ गते आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको एसएसपी थापाले जानकारी दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार