Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • समर्थकहरुलाई सम्बोधन गर्दै रविले भने – म डराएको छैन, अन्याय गर्न पनि पाइँदैन

    समर्थकहरुलाई सम्बोधन गर्दै रविले भने – म डराएको छैन, अन्याय गर्न पनि पाइँदैन

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 159
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गरेका छन् । आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

    उनले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताए । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको भन्दै उनले आक्रोश पोखे ।



    उनले भने, ‘म भागेको र डराएको छैन । म यहीँ छु । सरकारले जुन चाल देखाइरहेको छ त्यो मैले बुझ्न सकेको छैन । म एउटा कुरा भन्न चाहन्छु, सरकार मलाई तपाईँहरूको फेबर चाहिँदैन । तर, अन्याय गर्न पाइँदैन ।’



    उनले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न खोजिएको आरोप लगाए ।

    ‘मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, उनले भने, ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन’, उनले समर्थकहरूमाझ भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार