Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • ‘ड्रग्स’ सेवन गर्दै युवती र दुई युवकबीच रातभर मस्ती, जबरजस्ती करणीपछि बिमाको हत्या !

    ‘ड्रग्स’ सेवन गर्दै युवती र दुई युवकबीच रातभर मस्ती, जबरजस्ती करणीपछि बिमाको हत्या !

    ११ महिनापछि घटनाको रहस्य खुल्यो, दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 909
    SHARES

    कैलाली । कैलालीमा एक वर्ष अगाडि एक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलासा भएको छ ।

    डडेल्धुराको अमगरगढी नगरपालिका–२ घर भई धनगढी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएकी ३१ वर्षीया थापामगरको २०८० कात्तिक २९ गते राति लागुऔषध सेवन गर्दै जबरजस्ती करणीपछि हत्या भएको खुलेको हो ।



    थापामगरको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा २०८० मङ्सिर ६ गते शव फेला परेको थियो । कैलाली प्रहरीले घटनाको ११ महिनापछि मुख्य अभियुक्त धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय जनक देउवा र २८ वर्षीय संजीव चौधरीलाई आइतबार सार्वजनिक गरेको छ ।



    जनक देउवाको घरमा २०८० कात्तिक २९ गते बुधवार राति मुस्कान भन्ने बिमा थापा मगरलाई बोलाएर चौधरी र देउवाले लागुऔषध सेवन गर्दै पालैपालो शारीरिक सम्बन्ध राखेको खुलेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख तथा प्रहरी उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिए । उनका अनुसार उनीहरूको कुटपिटबाट थापामगर बेहोस भएकी थिइन् ।

    बेहोस थापा मगरलाई देउवा र चौधरीले स्कुटरमा राखेर सरस्वती सामुदायिक वनमा फालेका थिए । उनीहरूले लागुऔषध सेवन गरेर मृत्यु भएको बनाउन लागुलागुऔषधका पाकेटसमेत शव फालेको स्थानमा छोडेको अनुसन्धानबाट खुलेको थियो । सो घटनाको रहस्य मोबाइलबाट खुलेको प्रहरीले जनाएको छ ।

    सामुदायिक वनमा शव फेला परेकी मगरको फोन नभेटिएपछि प्रहरीले घटनाको अनुसन्धानलाई मोडेको थियो । प्रहरीले फोनको आइएमइआइ विवरणको अनुसन्धानबाट धनगढी–५ को कृष्णबहादुर चौधरीको नाममा रहेका सिमहरू उक्त फोनमा प्रयोग हुँदै आएको पाइएको थियो ।

    संजीव चौधरीकी श्रीमतीसँग सो फोन फेला परेको एसपी विष्टले बताए । संजीव भारतमा फरार अवस्थामा रहेका थिए । प्रहरीले संजीवकी श्रीमतिलाई निगरानीमा राखेको थियो । उनलाई पछ्याएको प्रहरीले संजीवलाई पनि असोज ५ गते त्रिनगर सीमा क्षेत्रबाट पक्राउ गर्न सफल भयो ।

    उनी पक्राउ परेपछि मुख्य योजनाकार र घटनामा मुख्य आरोपित देउवाको विषयमा खुलेको थियो । भारतीय प्रहरीको सहयोगमा चौधरीलाई नियन्त्रणमा लिएपछि देउवा घरबाट पक्राउ परेको एसपी विष्टले जानकारी दिए । उनीहरूको विरुद्धमा कर्तव्य ज्यान शीर्षकमा मुद्धा चलाउने प्रहरीले तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार