Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • रवि जोडिएको सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

    रवि जोडिएको सहकारी ठगीको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 384
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

    बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सूर्य थापाको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।



    गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको उक्त प्रतिवेदन गृहमन्त्री लेखकले कार्यान्वयनका लागि प्रहरीलाई निर्देशन दिएका हुन् ।



    गृहमन्त्री लेखकले प्रहरी प्रधान कार्यालयलाई उक्त प्रतिववेदन तत्कालन कार्यान्वयन गर्न निर्देशन दिए।

    यससँगै पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति  रवि लामिछानेसमेत अनुसन्धानको दायरामा तानिने भएका हुन्।

    समितिले उनलाई गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकम खर्च गर्नेमा संलग्न भएको भन्दै कारबाही सिफारिस गरेको थियो।

    संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित  रास्वपा सभापति लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    गोर्खा मिडियाका तात्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेले संसदीय समितिसमक्ष आर्थिक रूपमा अध्यक्ष जीबी राई नै जिम्मेवार रहेको बयान दिए पनि उनी आफैंले करिब २४ करोडका छुट्टाछट्टै १६ वटा चेक काटेको छानबिन समितिको प्रतिवेदनबाट खुलेको थियो।

    समितिले लामिछानेको नाममा १७ लाख १६८ रुपैयाँ पेश्की फर्छ्यौट हुन बाँकी रहेको देखाएको छ । लामिछानेले गोरखा मिडिया नेटवर्कसँग आफ्नो कुनै दायित्व नरहेको दाबी गर्दै आएका थिए ।

    गोर्खा मिडिया नेटवर्कमा २२,४६,३०,००० सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको प्रतिवेदनमा उल्लेख छ ।

    विभिन्न सहकारीबाट प्रवाह भएको ६५ करोड रकम खर्च गर्ने काममा लामिछानेको संलग्नता रहेको समितिले निष्कर्ष निकालेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार