Online Nepal
  • आइतबार, २३ असार २०८१
  • सहकारी ठगी प्रकरण

    संसदीय छानबिन समितिले गृहसचिव र आईजीपीसँग छलफल गर्ने

    संसदीय छानबिन समितिले गृहसचिव र आईजीपीसँग छलफल गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 129
    SHARES

    काठमाडौं । सहकारी ठगी सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी)लाई छलफलमा बोलाएको छ ।

    देशभर प्रहरी कार्यालयहरुले अनुसन्धान गरिरहेको सहकारीको रकम अपचलनसम्बन्धी मुद्दाबारे जानकारी लिन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएको हो ।



    आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकता लगायतका विषयमा गम्भीर छलफल भएको संयोजक सूर्य थापाले बताए ।



    सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरुको बारेमा र देशभरि प्रहरीले ह्याण्डिल गरिरहेको मुद्दाहरुका बारेमा समग्रतामा गृहसचिव र प्रहरी महानिरीक्षकसहित छलफल गर्ने संयोजक थापाको भनाई छ ।

    गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिएको भन्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सहकारीको वचत रकम अपचलनका विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको थियो ।

    समितिले आज महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेसँग छलफल गरेको थियो ।

    समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गरिएको छानबिन विशेष समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार