Online Nepal
  • आइतबार, २३ असार २०८१
  • पाकिस्तानी प्रधानमन्त्री सरिफ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री सरिफ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 108
    SHARES

    एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

    सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन कजाकिस्तानको राजधानी अस्तानामा पुगेका उनीहरुबीच भेटघाट भएको हो ।



    उक्त भेटमा शाहबाज सरिफले पुटिनलाई भने,‘मेरो अनुरोधमा धेरै क्षेत्रमा सहयोग गर्न तपाईं तयार हुनुभयो । हामीले तेल क्षेत्रमा सहयोग बढायौँ, तपाईंले हामीलाई तेल पठाउनुभयो । हामी त्यसका लागि आभारी छौँ।’



    दुई देशबिचको सम्बन्धले अरू कुनै देशसँगको सम्बन्धलाई असर नगर्ने पनि उनले बताए ।

    भेटमा पारस्परिक हितका धेरै क्षेत्रमा द्विपक्षीय सहयोग बारेमा कुरा गरेको भेटपछि शाहबाज सरिफले इन्स्टाग्राममा एउटा पोस्टमा लेखेका छन्।

    आफूहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा पनि छलफल गरेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार