Online Nepal
  • आइतबार, २३ असार २०८१
  • रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटी र झालाई नयाँ जिम्मेवारी

    रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटी र झालाई नयाँ जिम्मेवारी

    अनलाइन नेपाल
  • बिहिबार, २० असार २०८१
  • 744
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ ।

    ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो ।



    बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो ।



    बुधबार नै अनुशासन आयोगको बैठकले ढकाललाई कारबाहीको लागि सिफारिस गरेको थियो ।

    महामन्त्री ढकाललाई कारबाहीसँगै रास्वपाले कार्यवाहक महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई तोकेको छ । त्यस्तै, प्रवक्तामा मनिष झालाई तोक्ने निर्णय गरेको रास्वपाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार