Online Nepal
  • आइतबार, २३ असार २०८१
  • विदेशमा रहेका कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेछ : प्रधानमन्त्री प्रचण्ड

    विदेशमा रहेका कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेछ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 81
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

    परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरण सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताए । उनले संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताए।



    प्रधानमन्त्री प्रधानमन्त्रीले भने,’विदेश जाने नेपालीहरूको संख्या बढ्दैछ। तर,हाम्रो परराष्ट्र मन्त्रालय,मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन। दरबन्दी धेरै पुरानो छ। यसलाई बदलेर संगठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ। ‘

    प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए।

    छलफलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री श्रेष्ठ,अर्थमन्त्री वर्षमान पुन,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी,निमित्त मुख्यसचिव लिलादेवी गड्तौला,परराष्ट्र सचिव सेवा लम्साल,अर्थसचिव मधुकुमार मरासिनीलगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार