Online Nepal
  • आइतबार, २३ असार २०८१
  • आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

    आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 186
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ । विगत २४ घण्टामा बाढीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।

    जुलाई–२ मा आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडीएमए) को बाढी रिपोर्ट अनुसार तिनसुकिया जिल्लामा दुई जनाको मृत्यु भएको छ ।



    धेमाजी जिल्लामा एक जनाको मृत्यु भई कुल मृतकको सङ्ख्या ३८ पुगेको छ । मङ्गलबार २८ जिल्लाका ११ लाख ३४ हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएकाले राज्यमा बाढीको अवस्था गम्भीर बनेको छ ।



    प्रशासनले बाढी प्रभावित जिल्लाहरूमा ४८९ राहत शिविर र वितरण केन्द्रहरू स्थापना गरेको छ जहाँ लगभग दुई लाख ८७ हजार मानिसहरूले शरण लिइरहेका छन् ।

    बाढी घरमा पसेपछि धेरै बाढी प्रभावित मानिसहरूले सुरक्षित स्थान, उच्च भूमि, विद्यालय भवन, सडक र पुलहरूमा शरण लिइरहेका छन् ।

    स्थानीय प्रशासन, सेना, अर्धसैनिक बल, एसडिआरएफ र सर्कल अफिसका उद्धार टोलीहरू ठाउँ ठाँउमा उद्धार कार्यमा संलग्न छन् ।

    मङ्गलबार विभिन्न बाढी प्रभावित क्षेत्रहरूबाट लगभग दुई हजार ९०० जनालाई उद्धार गरिएको छ । सरकारले मङ्गलबार बाढी प्रभावितलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ।

    एएसडिएमएको बाढी प्रतिवेदनले आठ लाख ३२ हजार ९९ जनावरहरू पनि बाढीबाट प्रभावित भएको जनाएको छ ।

    मङ्गलबार बाढीले ७४ वटा सडक, छ वटा पुल र १४ वटा तटबन्धलाई क्षति पु¥याएको छ भने पाँच वटा तटबन्धलाई तोडेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार