Online Nepal
  • आइतबार, २३ असार २०८१
  • युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

    युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १९ असार २०८१
  • 75
    SHARES

    नवलपरासी । युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको टोलीले दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन्।



    उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो।

    उनीहरुले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

    उनीहरुले रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खडा गरेका थिए । पक्राउ परेकाहरुलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार