Online Nepal
  • आइतबार, २३ असार २०८१
  • न्यूयोर्कबाट स्वदेश फर्कियो गृहसचिव अर्याल र आईजीपीसहितको टोली

    न्यूयोर्कबाट स्वदेश फर्कियो गृहसचिव अर्याल र आईजीपीसहितको टोली

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 915
    SHARES

    काठमाडौं । गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा आयोजना भएको (यूएनसीओपिएस) मा सहभागी भएर स्वदेश फर्किएको छ ।

    गृह सचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की मंगलबार स्वदेश फर्किएका हुन् ।



    गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।



    विमानस्थलमा कुराकानी गर्दै गृह सचिव एक नारायण अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको उल्लेख गर्दै भ्रमणमा नेपाली सुरक्षाकर्मीहरूको संख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीहरूले भोग्नुपरेको समस्याको बारेमा छलफल भएको बताए ।

    समग्रमा भम्रण सफल रहेको उनको भनाई छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्रसंघमा नेपाली सुरक्षाकर्मीहरूको संख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको बताए ।

    गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल उक्त समिटमा सहभागी हुन असार १० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार