Online Nepal
  • आइतबार, २३ असार २०८१
  • सुयोग सहकारीमा सात करोडभन्दा बढीको ठगी, अध्यक्षसहित ३ जना पक्राउ

    सुयोग सहकारीमा सात करोडभन्दा बढीको ठगी, अध्यक्षसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 135
    SHARES

    काठमाडौं । प्रहरीले सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बचतकर्ताको बरोडौं रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल महर्जन, सहकारीका उपाध्यक्ष मलिका महर्जन, सहकारीका सचिव अर्पण कवा रहेका छन् ।



    उनीहरुले सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाईने भन्दै प्रलोभन दिएका थिए ।

    बचत कर्ताहरूले सात करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको भन्दै तीनै जनारिुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी मुद्दा दर्ता गरेका थिए ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानहरूबाट पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेमा अध्यक्ष महर्जनसहित उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा रहेका छन् । अध्यक्ष महर्जन सो सहकारीमा २०७० सालदेखि अहिलेसम्म अध्यक्ष थिए ।

    उनले सहकारीको सञ्चालक समिति तथा पदाधिकारीमा आफन्त, चिनेजानेका, बचतकर्ताको रकम आफुखुसी लगानी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    अध्यक्ष महर्जन २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, मलिका महर्जन २०७६ सालदेखि अहिलेसम्म उपाध्यक्ष पदमा कार्यरत रहेको पाइएको छ । सचिव कवा ०७६ सालदेखि सो पदमा कार्यरत थिए । उनी हाल इवामुरा कलेज, भक्तपुरमा प्रशासन शाखामा पनि कार्यरत रहेको पाइएको प्रहरीले जनाएको छ ।

    सुयोग बहुउद्देश्यीय सहकारीका १ हजार २ सय बचतकर्ताहरुले उनीहरुविरुद्ध जाहेरी दिएका थिए । उक्त सहकारी संस्थाको निक्षेप ४५ करोड रहेको बताइएको छ ।

    पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार