Online Nepal
  • आइतबार, २३ असार २०८१
  • कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य छ : राजेन्द्र लिङ्देन

    कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य छ : राजेन्द्र लिङ्देन

    अनलाइन नेपाल
  • मंगलबार, १८ असार २०८१
  • 261
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो ।



    अध्यक्ष लिङ्देनले भने, ‘ नेपाली कांग्रेस र एमालेले बनाएको सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।’

    आफुहरुले लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भन्दै आएको अध्यक्ष लिङ्देनको भनाई छ ।

    यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार