Online Nepal
  • आइतबार, २३ असार २०८१
  • सुन तस्करी मुद्दामा सेनाका पूर्वरथी फरार

    सुन तस्करी मुद्दामा सेनाका पूर्वरथी फरार

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 381
    SHARES

    काठमाडौं । सुन तस्करी तथा अवैध हुन्डी कारोबार गिरोहमा आबद्धता देखिएका नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द फरार भएका छन् । प्रहरीले अनुसन्धान थालेलगत्तै उनी फरार भएका हुन् ।

    जिल्ला अदालत काठमाडौंले उनलाई गत साता पक्राउ पूर्जी जारी गरेको थियो । उनी त्यसअघि नै भूमिगत भएका छन् ।



    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले सुन तस्करी तथा त्यसको अवैध भुक्तानीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



    जसमा चन्द सञ्चालक रहेको पेवे नेपाल नामक कम्पनीबाट सुन तस्करीको अरबौं रकम लेनदेन भएको पुष्टि भएको हो ।

    प्रहरीले सो कम्पनीका अध्यक्ष भिमप्रसाद तिमल्सिना, कमृचारी प्रज्वल आचार्य, सुरज शमशेर जबरा र सञ्चालक सदस्य फुन्सुक डाग्पा अथुप्छाङ खम्पालाई पक्राउ गरिसकेको छ ।

    सो कम्पनीको खातामा सुन तस्करहरुले पैसा हाल्दै आएका थिए । कम्पनीले विदेशबाट रेमिटेन्स आएको भनेर हुन्डीमार्फत कारोबार मिलाउँदै आएका थिए ।

    यसमा पूर्वरथी चन्दको प्रत्यक्ष संलग्नता नदेखिएपछि उनको जानकारीबिना यस्तो अवैध काम हुन नसक्ने प्रहरी निष्कर्ष छ । सो कम्पनीलाई राष्ट्र बैंकले समेत कारबाही गरिसकेको छ ।

    सिआइबीले ६० किलो सुन तस्करी मुद्दामा दोस्रो चरणको अनुसन्धान गर्दा सो कुरा पत्ता लागेको हो । सिआइबीले तस्करीमा संलग्न १२ तथा अवैध भुक्तानीमा संलग्न ८ जनालाई पक्राउ गरेको हो ।

    सोमबार नै रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाउने सिआइबीले जनाएको छ । अनुसन्धानको क्रममा सो गिरोहले एक वर्षमा तीन हजार एक सय ९२ केजी सुन तस्करी गरेको खुलेको छ ।

    सिद्धार्थ भनिने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, राजु खत्री, प्रेमनाथ सेढाईं, कान्छा लामा, मनोजराज श्रेष्ठ, रूपक भण्डारी, बैजनाथ ब्रह्मादत्त गोयल र सुरेन्द्रमान श्रेष्ठ छन् । त्यस्तै, चिनियाँहरू जेन्जा झाझी र सेराप भन्ने सोनाम गुरुङ पनि समातिएका छन् ।

    त्यस्तै, सुन तस्करीको पैसा हुन्डीमार्फत विदेश पठाउन सहयोग गर्ने डिजिटल पेमेन्ट वालेट कम्पनी पेवेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरजशमशेर जबरा, फुन्सुक डाग्पा अथुप्छाङ खम्पा तथा सजिलो पेका सञ्चालक सुशील जाकिबन्जा, सिइओ काश्यप मानन्धर, एजेन्टहरू लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार