Online Nepal
  • आइतबार, २३ असार २०८१
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 120
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    संघीय संसद् सचिवालयका अनुसार विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।



    यस्तै शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफलको कार्यसूची छ ।



    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार