Online Nepal
  • आइतबार, २३ असार २०८१
  • सप्तरी र उदयपुरमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

    सप्तरी र उदयपुरमा भारी वर्षा, उच्च सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • सोमबार, १७ असार २०८१
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सप्तरी र उदयपुरमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सप्तरीको खाडो नदी, पूर्व पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको हो ।

    जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।



    बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ ।



    दुधौरा, पसाह, लालबकैयालगायत उक्त क्षेत्र भएर बग्ने अन्य खोलाको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन विभागले सचेत गराएको छ ।

    उदयपुरमा पनि भारी वर्षा भएको छ । सुन्दरपुर वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । तटीय क्षेत्रमा सतर्क रहन अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार